कार्यकर्ताबाट वडाध्यक्ष कुटिए

110

पोखरा– पोखरा महानगर वडा न २१ का अध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि कुटपिट गरेको प्रहरिले जनाएको छ ।

दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरि प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण झगडा परेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here