काठमाडौं / चिनियाँ ह्याकरले नेपालका एटिएम ह्याक गरेर १ करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी पैसा चोरेपछि एटिएम कार्डबाट गरिने क्यास कारोबारमा राष्ट्र बैंकले कडाई गरेको छ ।
राष्ट्रबैंकले कुनैपनि सेवाग्राहिले एटिएम कार्डबाट एक दिनमा ६० हजार तथा एकपटकमा २० हजार भन्दा बढी पैसा निकाल्न नपाउने परिपत्र जारी गरेको छ ।
यसभन्दा पहिले डेबिट कार्डबाट एकपटकमा अधिकतम २५ हजार र एकदिनमा १ लाख रुपैयाँ सम्म सेवाग्राहिले निकाल्न पाउने व्यवस्था थियो ।
चिनियाँ ह्याकरले नेपालमा रहेका विभिन्न बैंकका एटिएमबुथबाट भदौ १४ गते विहान ११ देखि ४ बजेसम्म विभिन्न ठाउँमा रहेका १७ बैंकका ६८ एटिएम ह्याक गरेका थिए ।

















