राजधानीमा लेदो मिसिएको डिजेल परीक्षणविनै पम्पमा

150

 काठमाडौं / गत बुधबार ट्यांकरबाट ल्याइएको डिजेल राजधानीका दुई पम्पको भूमिगत ट्यांकीमा खसाल्नुअघि चेकजाँचका लागि बाल्टीमा झिकेर हेर्ने क्रममा लेदो मिसिएको भेटिएपछि निगमले परीक्षण नगर्ने गरेको खुलासा भएको हो ।

नेपाल आयाल निगमको थानकोट डिपोले रक्सौलबाट लेदो मिसिएर आएको इन्धन परीक्षण नै नगरी सोझै पम्पमा पठाउने गरेको पाइएको छ ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बाग्मती अञ्चलकका अध्यक्ष अच्युत खड्का ले सञ्चारमाध्यमलाई जनाए अनुसार ट्यांकर ना.४ ख ५१७२ नम्बरको ट्यांकरले ज्ञानेश्वरको भ्याली फ्युल सेन्टर र गौचरन पम्पमा खसालेको डिजेल लेदोयुक्त भेटिएको हो । ‘भ्याली फ्युल सेन्टरमा १ सय ८० लिटर र सानो गौचरनमा १ सय ४८ लिटर डिजेलमा लेदो पाइयो,’ उनले भने, ‘दुवै पम्पले बाल्टीमा तेल हालेर चेकजाँच गर्न खोज्दा लेदो झरेपछि भूमिगत ट्यांकीमा तेल हालिएन ।’ साधारणतया ट्यांकरले तेल झार्नुअघि पम्प सञ्चालकले बाल्टीमा तेल झारेर हेर्ने चलन छ ।

२० हजार लिटर डिजेल बोकेको ट्यांकर ज्ञानेश्वर झर्नुअघि कलंकीका तीन पेट्रोलपम्पमा डिजेल खसालेको थियो । त्यहाँको डिजल पनि लेदोयुक्त भएको आशंका गरिएपछि घटना ढाकछोप गर्न खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here