-सुरज घिमिरे
बुटवल / समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर -५ ले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता राईले आफ्नो पार्टीले पूर्व माओवादीले उठाएका अपूरा एजेण्डाहरु पूरा गर्न संविधान संशोधनको माग गरिँरहदा पनि सरकार मौन बसेको जनाउदै संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिए ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति , पहिचान सहितको संघियता लगायतका विषयहरु संविधानमा संशोधन गरेर पुरा गरिनु पर्छ भनेर प्रधानमन्त्री ओलीज्यु संग लिखित सहमति गरेर सरकारमा गएको जनाए ।
नेता राईले वर्तमान सरकार परिपक्क नदेखिएको आरोप लगाएका छन् । उनले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको जनाउदै सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप समेत लगाए ।
राईले जनताको चाहाना अनुकूल सरकार संन्चालन हुन नसकेको आरोप लगाएका छन् । गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएकोप्रति कांग्रेस नेता राईले विरोध गरेका छन्।
भ्रष्टाचार, घुसखोरी यो सरकारका पालामा बढेको आरोप लगाउँदै उनले त्यो नरोकिँदा जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी समेत दिए । उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको स्पष्ट पारे ।
पुर्व स्वास्थ्य मन्त्री समेत रहेका राईले मन्त्री बिदेश भ्रमणमा जानू आवश्यक रहेकोले यसको आलोचना नगर्न आग्रह गरे । स्वास्थ्य मन्त्री उपेन्द्र यादव पटकपटक बिदेश भ्रमण गएको कुरामा आलोचना हुन थालेपछि यसको विरोध गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार अमेरिका गएका छन् ।

















