मुसहर बस्तीमा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

216

रुपन्देही / मानवताको सेवा नै जीवनको सर्बोतम कार्य हो। भन्ने मुल नाराका साथ कञ्चन जेसिज र सैनामैना वडा स्तरिय बाल क्लबद्रारा कञ्चन २ रुपन्देहीमा रहेको मुसहर बस्तीमा निःशुल्ल कपडा वितरण गरेको छ।

कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेललेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा न. २का वडा अध्यक्ष शेर बहादुर थारु रहेको कार्यक्रममा कञ्चन गाउँपालिका वडा न. २ मा रहेका बालबालिका महिला पुरुष बृद्धलाई निः शुल्क कपडा वितरण गरेको छ।

जेसिजकी कार्यकारिणी उपाध्यक्ष राधिका चौधरीको आस्थापाठ रहेको कार्यक्रममा बोल्दै अध्यक्ष चुडामणि पौडेलले कञ्चन जेसिजले थुप्रै कार्यक्रम गर्दै आएको र यस्ले माथी उठ्नको लागी सिडिको काम गरेको जनाउनुभयो । कञ्चन गाउँपालिका भित्र रहेका हरेक समस्या समाधान गर्नका लागी कञ्चन जेसिज हर बखत लाग्ने कुरामा प्रतिबद्धता दिनु भयो। त्यसै गरि वडा अध्यक्ष शेर बहादुर थारुले सैनामैना वडा स्तरीय बाल क्लब र कञ्चन जेसिजले अति राम्रो काम गरेकोमा खुशी व्यक्त गर्नु भयो। त्यहाँका सम्पुर्ण ब्यक्तिलाई कपडा वितरण गर्दा समय बढी खर्च हुने हुँदा कपडा वितरणको जिम्मा दलित महिला सदस्य उमा सुनार र अध्यक्ष शेर बहादुर थारुलाइ हस्तान्तरण गरि जे जति पुग्छ वितरण गर्न र नपुगेको खण्डमा फेरि वितरण गर्ने कुरा राख्दै अध्यक्ष पौडेलले खबर गर्न समेत आग्रह गर्नु भएको थियो।

जेसि सदस्य प्रिया तरामु मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा सैनामैना वडा स्तरीय बाल क्लबका अध्यक्ष शिबु भण्डारी , जेसिज कानुनी सल्लाहकार बाबुराम पौडेल, समाज सेवि तामलाल गिरि लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए।भने कञ्चन जेसिजका महासचिव राजन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here