मिडियमा अंकुश लगाउने कानुनकाे बिराेधमा कालाे पाेतिए अखबारका पाना

211

काठमाण्डौं- सोमबार बिहान प्रकाशित भएका अष्ट्रेलियाका पत्रपत्रिका सबै कालोपाना मात्रै देखिएका छन् ।

अष्ट्रेलियन सरकारले मिडियामा लगाउन खोजेको अंकुशविरुद्ध सोमबार बिहान प्रकाशित भएका पत्रपत्रिकाहरुले विरोधको यस्तो शैली अपनाएको जनाइएको छ ।

मिडियाहरुका अनुसार अष्ट्रेलिया सरकारको कडा कानुनका कारण उनीहरु सूचना पाउनबाट बन्चित भएका हुन् ।

पत्रिकाको पाना कालो बनाउने यो तरिका गत जुनमा अष्ट्रेलियाको एक विग मिडिया समुह अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) को कार्यालय र एक पत्रकारको घरमा छापा मारेको घटनालाई लिएर जारी विरोधको रुपमा लिइएको जनाइएको छ । बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here