प्रधानमन्त्री ओलीले निवासमै मन्त्रिपरिषद् बैठक

220

काठमाडौं /  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिल अध्यक्षका रुपमा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । १२ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म बसेको थियो ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

 मन्त्री परिषद् बैठकले गरेका अरु निर्णयहरु भने सार्वजनिक गरिएको छैन ।सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here