इराकमा अन्धाधुन्ध गोली प्रहारबाट २० को मृत्यु

77

एजेन्सी / इराकको बगदादमा सरकार विरोधी प्रदर्शनकारीलाई लक्षित गर्दै आक्रण हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार राति बगदादस्थित ताहरिर स्क्वायरमा पहिचान नखुलेका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले जनाए । हमलामा १ सय ३० भन्दा धेरै घाइते छन् । ताहरिर बगदादको प्रदर्शन गर्ने मुख्य थलो मानिन्छ ।

इराकमा लामो प्रदर्शनपछि यहाँका प्रधानमन्त्री अदेल अब्दुल महदीले राजीनामाको घोषणा गरेका थिए । महदीको यस्तो घोषणा आएको एक सातापछि नै यस्तो आक्रमण भएको हो । अल सिनक ब्रिज नजिकै हतियारधारीले एउटा ट्रकबाट एउटा ठूलो भवन तिर अन्धाधुन्ध गोली चलाएका हुन् । जहाँ हप्तौँदेखि प्रदर्शन हुँदैआएको थियो । ताहरिर स्क्वायरमै एक शंकास्पद घटनाको भोलिपल्टै यस्तो आक्रमण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here