राफ्लेसिया वनस्पति एक प्रकारको परजीवि वनस्पति हो । यसको जरा र पात हुँदैन । सीएनएन इन्डोनेसियाका अनुसार सन् २०१७ मा फेला परेको राफ्लेसिया भन्दा अहिले पत्ता लागेको राफ्लेसिया चार इन्च ठूलो रहेको छ ।
यो परजीवि वनस्पतिले आफ्नो फूल फुलाएपछि मात्र देखिन्छ । नभए यसलाई देख्न गा¥हो पर्छ ।
फूलको मुखले मासु कुहेपछि गन्हाउने जस्तै गन्ध दिने भएकाले स्थानीय भाषामा यसलाई मृतक फूल वा लास फूल भनिएको छ ।
यस्को गन्धको कारणले कीराहरुलाई आकर्षित गरेर परागसेशन गर्छ । यस्को मुख एकहप्ता खुलेपछि मर्छ ।


















