यस बर्षकाे सहारा पुरस्कार महिला उद्यमी टीकादेवीलाई

99

झापा / झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रो मोहम्मद युनुस सहारा पुरस्कार’ तरकारी उद्यमी टीकादेवी राईलाई प्रदान गरेको छ । झापाको शनिश्चरे सेवा केन्द्रअन्तर्गत जागृति सहारा महिला समूहमा आबद्ध उहाँलाई संस्थाले २३औँ वार्षिक साधारणसभाको अवसरमा आज शनिवार रु ५१ हजार पुरस्कार राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले उनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थामा आबद्ध भई आर्थिक रुपले सबल बन्न सफल महिला उद्यमीलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको जनाए ।

आर्थिक वर्ष २०७५र७६ संस्थाको शेयर पूँजी रु एक अर्ब २४ करोड ९६ लाख रहेको छ भने चालु आवमा यसलाई वृद्धि गरी रु एक अर्ब ६२ करोड पु¥याउने संस्थाको लक्ष्य रहेको छ । हाल संस्थाको कूल बचत रु चार अर्ब ६१ करोड ६३ लाख रहेको छ । त्यस्तै संस्थाले आव २०७५÷७६ मा कूल आम्दानी रु एक अर्ब ५६ करोड र खर्च रु एक अर्ब २० करोड गरी खुद नाफा रु ३६ करोड गरेको छ ।

राईले तरकारी खेतीबाट हाल मासिक रु ७० देखि ८० हजारसम्म आम्दानी गर्नुहुन्छ । टीकामायाले तरकारीको मलका लागि दुईवटा भैँसी पालेर दूधको बिक्री र तरकारीमा मलको आपूर्ति हुन्छ । आजभोलि टीकामाया तरकारी बारीमा नै व्यस्त छिन् । टीकामाया भन्छिन्,“समूहमा बसेर व्यवसाय गरेको धेरै वर्षपछि सहाराले मलाई सम्झेको छ । यसपालि मलाई प्रो मोहम्मद युनुस सहारा पुरस्कार दिएको छ । साह्रै खुसी लाग्यो ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here