स्कुटर चोरी गरेको अभियोगमा पक्राउ

182

काठमाडौं / काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने सिन्धुली माझिटार घर भएका सुनिल लामालाई स्कुटर चोरी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको प्रहरीले विभिन्न ठाउँबाट चोरी गरी राखेको बा.४५ प ४३२१, बा.४६ प २३७१, बा.५९ प ८९५९ र बा.५६ प २१५२ नम्बरको स्कुटरहरु सहित फेला पारी लामालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here