यस्ता छन् स्मरणशक्ति बढाउने उपायहरु

413

हाम्रो दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरु भुल्ने बानी पनि मध्ये एक हो । जीवनमा केही कुरा चाडै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या रहेको छ । स्मरणशक्ति सबै मानिसमा समान हुँदैन । तर, केहीमा रोगका कारण पनि स्मरणशक्तिमा ह्रास आउँछ । स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ ।

निद्राकाे अपुगका कारण हाम्रो स्मरणशक्ति ह्रास आइरहेको हुन्छ । तसर्थ, मस्तिष्कलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । (नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।

  • बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।
  • बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ ।
  • दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।
  • दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ ।
  • सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।
  • घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here