कोभिड–१९ पैसाबाट झन धेरै सर्छ

139

काठमाडौं – चीनबाट उत्पन्न भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर फैलिरहेको छ । भाइरसबाट बच्न विश्वभर अनेकथरि उपाय अपनाउन थालिएको छ । भाइरसबाट आफ्नो सुरक्षा गर्न मुखमा लगाउने मास्क र हातमा लगाउने पन्जाको प्रयोग गर्नेहरुको संख्या अत्यधिक बढेको पाइन्छ । तर, भाइरस नोटबाट पनि सर्छ भनेर त्यतातिर सतर्कता अपनाएको भने कमै देखिन्छ । केही समय पहिले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ ‘भाइरस सामान्यतया फ्लुका भाइरस नोटमा झन्डै १७ दिनसम्म जीवित रहन्छन्’ भनिएको थियो । डा. शेरबहादुर पुनका अनुसार नोटमा भएको भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ । एन्फ्लुएन्जा भाइरस पैसाका माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टि भइसकेको उहाँले बताउनु भएको थियो ।

यद्यपि, कोरोना भाइरस नोटबाट सर्नसक्छ भन्ने तथ्यगत यकिन अहिलेसम्म नभएता पनि पैसाकै माध्यमबाट कोभिड–१९ नामक कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको थियो  । प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातमा संकलित नोट नष्ट गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जानकारी दिदेका थिए  ।

न्युयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार झन्डै तीन हजारभन्दा बढी किसिमका ब्याक्टेरिया पैसाका माध्यमबाट सर्न सक्छन् । अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउँछन् । जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ ।

कसरी जोगिने ?


संक्रमित व्यक्तिको सम्पर्क हुँदै सयौँ जनाको हातमा पैसा स्थानान्तरण भइरहेको हुन्छ । यसले विभिन्न ब्याक्टेरिया तथा भाइरस पनि सँगै बोकेर ल्याएको हुन्छ । तसर्थ, पैसाबाट भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन । फोहोर हातले पैसा चलाउनु हुँदैन र बच्चाबाट समेत पैसा टाढा राख्नुपर्छ । बाहिरबाट आएपछि साबुन पानीले हात धुने बानी बसालेमा रोगका कीटाणुको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here