काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।
बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गर्नु भएको हो ।