‘सलह’ उडानका लागि खतरा

184

एजेन्सी – मावन जगतका लागि अर्को महामारी बनेर आएको सलह, हवाई उडानका लागि पनि खतरनाक सावित हुने सम्भावना देखिएको छ । क्षणभरमै हरियाली सफाचट पार्ने सलहका कारण भारतीय बायु सेवा कम्पनीहरु प्रभावित भएका छन ।

सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै भारतीय हवाई उड्डयन नियामक संस्था डीजीसीएले विमानको उडान र अवतरणका बेला विशेष सावधानी अपनाउन एडभाइजरी नोटिस जारी गरेको छ । सलहको समुहको बीचबाट वा नजिकबाट विमान उडान र अवतरण गर्न निषेध गरेको छ । यो एड्भाइजरी नोटिसको अवज्ञा गरेमा हवाई उडानका क्षेत्रमा गरिएको जघन्य गल्तीका रुपमा लिइने चेतावनी दिइएको छ ।

उडान भर्ने र अवतरण गर्ने बेला सलहको हुल विमानको विण्डसिलमा ठोक्किएमा वाईपरको प्रयोग नगर्न पनि डीजीसीएले पाइलटहरुलाई सुझाएको छ । त्यसो गर्दा विमानको सिसामा फोहोर झनै छिरलिने र भिजनको समस्या उत्पन्न हुने जनाइएकाे छ ।  यसका अलावा विमानस्थलमा समेत सलहको उपस्थिति रहनसक्ने भन्दै डीजीसीएले विमानस्थल ब्यवस्थापन पक्षलाई पनि सतर्क रहन भनेको छ ।

विमानलाइ पार्किङ स्थलमा राख्दा विमानमा रहेका सबै प्वालहरुलाई राम्ररी बन्द गर्न ग्राउण्ड हेण्डलिङ विभागलाई पनि डीजीसीएले निर्देशन दिएको छ । विमानको उडान र अवतरण सुरक्षित बनाउन सलहको उपस्थिति भए नभएको बारे पुष्ट जानकारी राख्न डीजीसीएले एअर ट्राफिक कन्ट्रोलरलाई पनि सतर्क गराएको छ ।

यस बारेमा सबै जानकारी विमान कम्पनीहरुका अलावा पाईलटहरुलाई अनिवार्य रुपमा दिन निर्देशन समेत दिएको छ । दिउँसोको समयमा सलहको अधिक खतरा हुने भएपनि रातको समयमा यीनिहरु निष्कृय हुने भएकाले रातको समयमा उडान गर्दा सुरक्षित हुने सम्भावना डीजीसीएले ब्यक्त गरेको छ । पछिल्लो २६ बर्ष यताकै खतरनाक मानिएको यो सलहको प्रकोप पाकिस्तानबाट सुरु भएर भारतको पंजाब, गुजरात, उत्तर प्रदेश, महाराष्ट्र हुँदै मध्य प्रदेशसम्म फैलिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here