Home वाणिज्य ल्यापटप लगायत अन्य उपकरण किन्न अब लक्ष्मी बैंकले कर्जा उपलब्ध गराउने

ल्यापटप लगायत अन्य उपकरण किन्न अब लक्ष्मी बैंकले कर्जा उपलब्ध गराउने

150
काठमाडौं  – लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर जस्ता उपकरण किन्न सरल कर्जा दिने भएको छ ।बैंकले सुलभ ब्याजदरमा ग्राहकहरुका लागि सरल कर्जा दिन सो सुविधा ल्याएको हो ।

कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ । हिंडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ । त्यसैले लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधा दिने जनाएको हो ।

बैंकले यो सुविधाअन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशत सम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गर्नेछ । यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here