भारतीय वेबसाइट चीनमा प्रतिबन्ध

89

एजेन्सी – भारतको पूर्वलद्दास्थित गलवान भ्यालीमा जुन १५ मा  चीन-भारतबीचको हिंसात्मक झडपपछि चीनमा भारतीय पत्रपत्रिका र समाचार वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ । तर, चिनियाँ पत्रपत्रिका र वेबसाइटहरु भने निरन्तर भारतमा उपलब्ध भइरहेका छन् । चीनमा भारतीय समाचार वेबसाइटहरु तब मात्रै हेर्न सकिन्छ जब भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गरिन्छ ।

भारतीय टेलिभिजन च्यानलहरुमा पनि पहिलजस्तै आईपी टीभीमार्फत हेर्न सकिँदैन । त्यसैगरी विगत केही दिनदेखि एक्सप्रेस भीपीएनमार्फत पनि अहिले कुनै भारतीय वेबसाइटहरु खुल्न रोकिएका छन् । भीपीएन अनलाइन गोपनीयताका लागि सार्वजनिक इन्टरनेट कनेक्सनलाई निजी नेटवर्क बनाउने शक्तिशाली उपकरण हो । जसबाट अनलाइन प्रयोगकर्ताहरुलाई ट्रेस गर्न सकिँदैन ।

भारतीय मिडियाहरुले चीनविरोधी सामग्रीहरु प्रकाशन प्रसारण गरेर मानिसहरुलाई प्रभावित पार्नसक्ने भन्दै चीनले भारतीय पत्रपत्रिका र वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ । भारतले पनि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here