सामाजिक संजालको प्रयोग कति सामाजिक तरिकाले गर्दैछौं ?

357
– निशा तामाङ

हामी मानव समाजको सर्वश्रेष्ठ प्राणी हौं । समाजमा रहेर बसेर सामाजिक गतिविधि गर्दै विकासतर्फ अघि अग्रसर हुन्छौं । सहि गलतको फरक छट्याउन सक्ने हामी जानी जानी धेरै गलत काम समेत गर्दछौं जस्ले हाम्रो समाज असामाजिक बनाइरहेको छ । अहिले मानवरूपी दानवले विश्व समाजको रुपमा रहेको सामाजिक संजाल समेत असामाजिक बनाउदै आइरहेका छन् । एक्काइसौं शताब्दीमा सूचना र प्रवधिमा ठुलो फड्को मारिसकेको हाम्रो समाजले सामाजिक संजाल मार्फत सूचनाको प्रयोग छिटो छरितो रुपमा दिदै आएको छ । तर पनि केही असामाजिक गतिविधिका कारण सामाजिक संजालको सहि प्रयोग भने हुन सकेको छैन ।

भनिन्छ चिनी पनि धेरै खायो भने तितो हुन थाल्छ  । सामाजिक संजाल आहिले ठ्याक्कै त्यस्तै भइरहेको छ  सबैका  लागि । संचारको छिटो छरितो माध्यम बनेको सामाजिक संजाल अहिले जति नै छिटो भएपनी विश्वासयोग्य भने बन्न सकिरहेको छैन । केही हप्ता अघिमात्रै प्रेस काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी अध्ययन/सर्भेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार सामाजिक संजालप्रति विश्वास गर्ने सर्वसाधारण निकै कम रहेको देखिएको छ ।  सामाजिक सञ्जालप्रतिको विश्वास र प्राथमिकता रोजाई ज्यादै न्यून १.१५ मात्र रहेको प्रतिवेदनले जनाएको छ । यसबाट सामाजिक संजालको लोकप्रियता क्रमशः घट्दै गएको बुझ्न सकिन्छ । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि कमै मात्र रहेको देखिएको छ । जबकी सबैभन्दा छिटो छरितो संचारमाध्यम बनेको सामाजिक संजाल हो । सामाजिक संजालको छिटो छरितो प्रयोग त भयो तर विश्वसनीय भने बन्न सकेन ।

सामाजिक संजाल संचार क्षेत्रमा पहिलो प्राथमिकतामा पर्नुपर्ने हो । सामाजिक संजालको दुरुपयोग बढनुले सूचना प्राप्तिको छिटो स्रोत सामाजिक संजाल हुँदाहुँदै पनि पहिलो प्राथमिकतामा  पर्न नसक्नु   सामाजिक संजाललाई सहि ढंगले प्रयोग नगर्नु नै हो । यसले गर्दा नै  असामाजिक गतिविधि धेरै बढन थाल्यो भने विश्वसनीयता पनि कम हुँदै गइरहेको अवस्था छ । लकडाउनमा सामाजिक संजाल सबैका लागि एउटा प्रमुख माध्यम नै बनेको थियो । सुचनाको सहज पहुँच नै भएको थियो सामाजिक संजाल ।  लकडाउनमा घरमै बसे पनि सारा विश्वको खबर आफ्नै हातमा रहेको मोबाइल, कम्प्युटरको माध्यामबाट छिनभरमै प्राप्त भइरहेको छ ।

सामाजिक संजालबाटै कतिले त लकडाउनको समयमा पनि आफ्नो व्यापार समेत गर्न भ्याएका थिए  । सबैले आ(अफ्नो तरिकाले सामाजिक संजाल प्रयोग गरेका छन्  । तर सहि सदुपयोग गर्दा सामाजिक संजाल निकै महत्त्वपूर्ण हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि  कतिपयले भने यसको गलत दुरुपयोग गरेका समेत देखिन्छ ।

सामाजिक संजालमा गरिने असामाजिक गतिविधिले सामाजिक संजालको महत्त्व खस्किदै गएको छ । सबैले यस्को महत्त्व बुझ्न जरुरी छ । सामाजिक संजालको सदुपयोग सबैले सहि ढंगले गर्नुपर्ने तर्फ ध्यान दिनुपर्दछ ।  सामाजिक संजाल मार्फत गलत गतिविधि गर्नु गालीगलोज गर्नु असामाजिक र असभ्य व्यवहार हो । भर्खरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अश्लील गाली गर्ने व्यक्ति पक्राउ परेका थिए । सामाजिक संजालकै मार्फत अहिले केही चर्चित सिनेकर्मीहरु समेत एक अर्कामा आरोप प्रत्यारोप लगाउदै आइरहेका छन् । यस्ता थुप्रै उदाहरण छन् । तर पनि हामी सचेत हुन सकिरहेका छैनौं । भर्खरै मात्र सामाजिक संजालमा नेपालको निशान छापको समेत गलत दुरुपयोग भएको थियो । आफ्नो राष्ट्रियताप्रति प्रेम भाव दर्शाउदै धेरैले सामाजिक संजाल मार्फत निशान छापको तस्वीर शेयर गरेका थिए । तर पनि सहि सूचनाको भ्रममा आफ्नो निशान छाप कुन सहि हो भन्ने पनि ज्ञान नराखी गलत निशानछापका तस्वीर समेत प्रयोग गरेका थिए । सामाजिक संजालको प्रयोग गलत तरिकाले गरेमा यसले भविस्यमा राम्रो परिणाम अवश्य दिने छैन ।

सामाजिक संजालबाट सम्प्रेषण हुने भ्रमपूर्ण, तथ्यहीन, अफवाहपूर्ण सूचनाको प्रचारप्रसारका कारण त्रास र भयको स्थिति सिर्जना हुने गरेको छ ।  तथ्यपुष्टि बेगरको सूचना प्रवाहमा हतारो, छिटो बाजी मार्ने बहानामा सामाजिक संजाल मार्फय गलत सूचना प्रवाह हुँदा समुदायले नै ठूलो क्षति व्यहोनुपर्ने भएकोले सञ्चारमाध्यमले तथ्यपरक, प्रमाणमा आधारित समाचारमात्र सम्प्रेषण गर्नुपर्दछ र अफवाह फैलाउने र फैलन दिने काम गर्नुहुँदैन भने सामाजिक संजाल प्रयोगकर्ताहरु समेतल्व विशेष ध्यान दिनु जरुरी छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि सहि सूचना दिनुपर्छ ।  सबै सामाजिक संजाल प्रयोगकर्ताले सोच्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here