दुुई दिन मौसम सक्रिय : बाढी र पहिरोको सम्भावना

53

काठमाडौं -अझै दुुई दिन मौसम सक्रिय रहनेहुुँदा आवश्यक सतर्कता अपनाउनुपर्ने भएको छ । शनिबारदेखि मौसम सक्रियतासँगै कतिपय भागमा ठूलै वर्षा हुनुका साथै बाढी र पहिरोको सम्भावना पनि हुनेहुँदा उच्च सतर्कता आवश्यक भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावनासँगै शनिबारदेखि तीन दिन नेपालमा मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शनिबारदेखि मनसुन सक्रिय हुँदा तीन दिन प्रदेश १, बाग्मती प्रदेश, गण्डकी, कर्णाली प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

आइतबार देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

त्यसैगरी सोमबार सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here