एक पुजारीकाे गोली हानी हत्या

177
रौतहट – रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २  खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधबार साँझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेका थिए ।
पुजारी साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा रहेकाले घटनाको पूर्ण विवरण आउन नसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । घटनालगतै जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्का, डिएसपी ज्ञानकुमार महतो समेतको टोली घटनास्थलतर्फ गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here