उपत्यकामा सबैभन्दा बढि २१६ जना संक्रमित थपिए

57

काठमाडौं- काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।  योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ।

काठमाडौंमा २ हजार ४५३, ललितपुरको ३९९ र भक्तपुरमा २४४ संक्रमित पुगेका छन्।  पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।   पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्।  नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ।   ६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १/१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।  मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष रहेका छन्। यस्तै, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   नेपालमा कोरोना संक्रमणको मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको गौतमले बताए। यसअघि नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here