तरूण दलले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न ध्यानकर्षण

178

काठमाडाैं – कोरोना महामारीका बेला दिनरात सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, अपहेलना र आक्रमण हुने गरेका घटनाप्रति नेपाल तरूण दलले ध्यानाकर्षण भएको जनाएको छ।

अमानवीय व्यवहारमा संलग्न रहने जो कोहिलाई सरकारले कारवाहीको दायरामा ल्याउनुपर्ने माग दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

‘विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ।

यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङ्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकारलाई तरुण दल केन्द्रिय समितिले माग गरेको हो।

‘यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङ्तिमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ,’ अध्यष बस्नेतले निकालेको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय बानेश्वरमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको खबर आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here