वैशाखदेखि अहिलेसम्म विपदका घटनामा ३४६ को ज्यान गयाे

105
काठमाडौं – बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् ।  विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी ४९ जना बेपत्ता छन् भने १९१ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीका घटनामा हालसम्म ११ जना घाइते भएका छन् । यसैगरी चट्याङ लागेर ५७ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here