जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

509

ओखलढुङगा – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार बेलुका ती किशोरीलाई सडक छेउको कोदो बारीमा लगी जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here