यसकारण सन्दीपकाे आगमनले बलियो टिम

61

काठमाडौं –  होबर्ट हुरिकेन्स होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आगमनले टिमको बलिङ पक्ष थप बलियो भएको प्रतिक्रिया दिएका छन्। ग्रिफ़्टलाई उधृत गर्दै अस्ट्रेलियन समाचार संस्था क्रिकेट डटकम डट एयुले आज यस सम्बन्धि समाचार प्रकाशन गरेको छ।”सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएका खेलाडी हुन् र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन” समाचारमा उल्लेख छ । साथै समाचारमा सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले बताएको समेत उल्लेख छ।

बीबीएल क्रिकेटको अघिल्लो दुई सत्रमा सन्दीपले २१ खेलबाट १९.८० को औसतमा २६ विकेट लिएका थिए। अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट खेल्ने पक्का भएको छ। होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले घामछायाँलाइ जानकारी दिनु भयो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।

सन्दिप र बिग ब्यासबीच यो लिगका लागि तय भएको सम्झौता रकम भने गोप्य राखिएको व्यवस्थापक सिवाकोटीले बताउनु भयो। । यसका लागि सन्दीप आगामी डिसेम्बरको दोश्रो साता अस्ट्रेलिया जानु हुने, उहाँले जनाउनु भयो।  हालै मात्र इन्डियन प्रिमियर लिग (आइपीएल) बाट स्वदेश फर्किएका उनी हाल चितवनस्थित घरमा रहेका छन् । यस पटकको आइपीएलको कुनै पनि खेलमा प्लेईङ्ग ११ मा भने सन्दिप परेनन्। यो सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।