काठमाडौं–सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्यसमेत बढेको छ।
मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

















