यस्ताे रहेकाे छ मौसम पूर्वानुमान

91

काठमाडौं । दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू९भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, रातीसम्म प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा आंशिक बदली रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here