फागुन ३ गतेसम्म सिंगटीको आइपिओ भर्ने म्याद लम्बियो

181
काठमाडौं । सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आइपीओ भर्ने म्याद थप भएको छ । सिंगटीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले अव फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन्  ।
यसअघि कम्पनीले छिटोमा माघ ४ गतेदेखि आइतबार माघ १८ गते सम्म आइपीओ भर्ने समय तोकेको थियो । मागअनुसार आवेदन नपरेपछि आइपीओ भर्ने म्याद फागुन ३ गतेसम्म थपिएको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको छ ।

यसमा दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम जोखिम भएको केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here