रौतहट-रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा पुर्व पर्यटन,नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराई सबार ज १ झ ४२७ नम्बरको गाडीले आइतवार साँझ ठक्कर दिदा साइकल यात्री अन्दाजी ६० वार्षिय इन्द्रप्रसाद घिमिरे घाइते भएकाेे समाचार प्राप्त भएकाे छ ।
जनकपुरबाट प्रेस संगठन नेपालको कार्यक्रम सकेर हेटौंडा फर्किदै गरेका पुर्व मन्त्री भट्टराईको गाडीले ठक्कर दिएको थियो।
घाइते इन्द्रप्रसाद घिमिरेको चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पतालमा उपचार गर्न लगिएको र घाइते घिमिरेको ढाडमा गम्भीर चोट लागेकोले थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पुर्व मन्त्री भट्टराईले न्युज अभियानलाई जानकारी दिएका छन् । गाडी र चालक लाई नियन्त्रणमा लिइएर ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा राखिएको छ ।

















