नेपाल बैंकको २०५ औं शाखा नारायण नगरपालिकामा

162
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५ औं शाखा दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना भएकाे छ । बैंकको उक्त शाखा नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा बुधबार ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका थिए ।

शाखा उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बैंकका अध्यक्ष मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिश्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखवासीलाई समृद्ध बनाउन भूमिका खेल्ने धाराण व्यक्त गरे ।

यता कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले विगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखवासीले स्मरण गरिरहेकोले हाल सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्ष दैलेखबासीले राखेको जनाए ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसँग साझेदारी गर्न ग्राहकवर्गलाई अनुरोध गरे ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिति रहेको थियो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैंक शाखा उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख रत्नबहादुर खड्का र दैलेख जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क. विशिष्ट अतिथि रहेका थिए भने समारोहमा स्थानीय जनप्रतिनिधि, व्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here