जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

173

उदयपुर – २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here