सवारी साधन चोरी घटना नियन्त्रण

291

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा  अघि बढाएका छन् ।

साेही क्रममा  महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमान सिं कुवरको हराएको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइकचोरीमा संलग्न नुवाकोटका ३० बर्षे बिमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाईमोटरसाईकल सहित पक्राउ गर्न सफल भएकाे छ । उक्त मोटरसाइकलको बास्तबिक नम्बर प्लेट परिबर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अबस्थामा पक्राउ गरेको हो ।

महाशाखालेदुई हप्तामाचोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गरेका हुन् ।  चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउनु भएको हो ।
कार्यक्रममा बोल्दै एसएसपी भट्टराईलेसवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रतादिइदै आएको जनाउनुभयो ।

उहाँले “यसका लागि सादा पोसाकमा समेतविशेष ट्राफिक प्रहरीको टोली परिचालनगरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलनगर्ने तथा विशेष अपरेशनमार्फत मोटरसाईकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन् ।”

महाशाखाको पीडित सहायताईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर,काँडाघारी, माछापोखरी, गोकर्णेश्वएर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएकाबिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।

ट्राफिक महाशाखाले बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेकोर अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानरी गराउन महाशाखाले अनुरोध गरेको छ ।

विभिन्न मितिमा चोरी भएका सवारी साधनहरू फेला पारी धनि जिम्मा लगाउन तयार पारेका मोटरसाईकलहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here