भारतमा काेराेना संक्रमित एकै दिन डेढ लाख नाघ्याे

211

एजेन्सी । भारतमा एकैदिन डेढ लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ जना नयाँ संक्रमित फेला परेका जानकारी दिएको छ। कोरोना संक्रमणका कारण २४ घण्टामा ८ सय ३९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख भन्दा धेरै छ। हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६९ हजार २ सय ७५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here