गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

149

गोरखा/पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ्रे गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नयाँ संक्रमित बागलुङका ४२, स्याङजाका ६, तनहुँका ४ , पर्वतका ३ र गोरखामा १ जना रहेका छन्। योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ। हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here