उपत्यकासहित अधिकांश स्थानमा वर्षा

94

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पानी परिरहेको छ।

गएरातिदेखि पर्न सुरु गरेको पानी अबको दुई-तीन घण्टासम्म निरन्तर पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो ५ घन्टामा काठमाडौं उपत्यकामा १० दशमलव ४ मिलीमिटर वर्षा मापन भएको छ।

बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा दिउँसोसम्म पानी पर्ने महाशाखाका मौसम समीर श्रेष्ठले जानकारी दिए। तर बिहानको तुलनामा दिउँसो पानी पर्न कम हुनेछ। स्थानीय वायु, पश्चिमी वायु, र बंगालको खाडीबाट उत्पन्न जलवाष्पयुक्त वायुको सक्रियताका कारण आज दिनभर देशका धेरैजसो स्थानको मौसम बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जनाए । उनकाअनुसार दिउँसो देशका अधिकांश स्थानमा पानी पर्नेछ।

अन्य स्थानको तुलनामा प्रदेश नम्बर एकमा धेरै पानी पर्ने महाशाखाले अनुमान गरेको छ। हावाहुरी, मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने भएकाले सजग रहन महाशाखाले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here