कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिरकाे कालोबजारी गर्ने पक्राउ

76

काठमाडौं । रेमडिसिभिरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको हो। उनलाई बसुन्धाराबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर रफिकले दीपक ढकालले महाराजगञ्ज टिचिङ अस्पताल अगाडि सञ्चालन गरेको सेवक फर्माबाट किनेर महँगोमा बेच्ने गरेको प्रहरीले जनाएको छ। दीपक र रफिकले मिलेमतोमा कालोबजारी चलाएको महाशाखाका एसपी कृष्ण पंगेनीले जनाए ।

२४ हजार भारु पर्ने रेमडिसिभिरलाई रफिकले १ लाख २० हजार रुपैयाँमा बेच्ने गरेको एसपी पंगेनीले बताए। पक्राउ परेका रफिकबाट ६ सेट रेमडिसिभिर बरादम भएको छ। ६ सेट रेमडिसिभिरको २४ हजार भारु पर्ने जनाइएको छ। ढकाल भने फरार भएकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here