भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित साढे ३ लाख नाघ्याे

98

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ। पछिल्लो पटक भारतमा संक्रमणदर केही घटेको छ। हरेक दिन चार लाख भन्दा धेरै संक्रमित भेटिएकामा हिजो भने झण्डै ४० हजारले कमि आएको छ।

पछिल्लो पटक थपिएकासँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ। मृतकको संख्या २ लाख ४६ हजार १ सय ४६ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३४ हजार, अमेरिकामा २२ हजार २ सय, कोलम्बियामा १७ हजार २ सय तथा टर्कीमा १५ हजार भन्दा बढी संक्रमित थपिएका छन्।

यो अवधिमा ब्राजिलमा ९ सय ३४, कोलम्बियामा ४ सय ९५, इरानमा ३ सय ८६ तथा रसियामा ३ सय ३४ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिँदा ९ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ।

यसैबीच भारतमा कोरोना संक्रमितहरुको उपचारका लागि पूर्व सैन्य चिकित्सकलाई सेवामा फर्काउन लागिएको छ। रक्षा मन्त्रालयले दैनिक ठूलो संख्यामा थपिएका संक्रमितको उपचारका लागि चिकित्सकको अभाव भएको भन्दै ४ सय पूर्व सैन्य चिकित्सकलाई ११ महिनानका लागि सेवामा फर्काउन लागिएको जनाएको छ।

यी चिकित्सकले अस्पतालबाट वा अनलाइनबाटै सर्वसाधारणलाई चिकित्सकीय सेवा प्रदान गर्न सक्नेछन्। भारतमा दैनिक रुपमा बढी रहेको कोरोना संक्रमणका कारण अधिकांश राज्यमा लकडाउन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here