बाँकेमा लम्बियो निषेधाज्ञा

60

 काठमाडौं । महामारी नियन्त्रणमा लिनका लागि बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्ब्याइएकाे छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिएका हुन् ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here