संसद विघटनविरुद्ध पाँच राजनीतिक दलले प्रतिवाद गर्ने

259

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेकाे छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहितको बैठकले संसद विघटनविरुद्ध राजनीतिकसँगै कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

नेताहरुले संसद विघटनको सशक्त प्रतिवाद गर्न पनि अन्य राजनीतिक दल तथा जनसमुदायलाई आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here