मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन बढ्याे

335

तनहुँ । बङ्गाल खाडीमा विकसित भएको जलवायु प्रभावले बिहीबार बिहानदेखि भएको भारी वर्षाले तनहुँमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन बढेको छ । बढ्दो गर्मी मौसम भए पनि खडेरीले केन्द्रको उत्पादन घटेको बेला हाल भारी वर्षा हुन थालेपछि उत्पादन बढेको केन्द्रले जनाएको छ ।
प्रि–मनसुन शुरू भएपछि पनि छिटपुट बाहेक पानी नपरेको बेला बिहीबारदेखि भारी वर्षा भइरहेकोले नदीमा पानीको बहाव निरन्तर बढिरहेकोले पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिनुभयो । तीन वटा युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत उत्पादन गर्ने यस आयोजनाबाट पूर्ण क्षमता ६९ मेगावाट नै उत्पादन भइरहेको शर्माले बताउनुभयो । ‘‘यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थे्रगाउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वठा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ’’ सुपरभाईजर शर्माले भन्नुभयो ।
उत्पादन बढेपछि नेपाल विद्युत प्राधिकरणलाई माग धान्न टेवा पुगेको छ । सुख्यायाममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणलाई भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सुख्या याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनामा पानी कम हुने भएकोले पानीको बहाव थोरै हुने हुँदा ४० मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुन्छ । यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेसन मार्पmत राष्ट्रिय प्रसारण हुँदै आएको सुपरभाइजर शर्माले बताउनुभयो । केन्द्रको विद्युत् उत्पादन गृह आँबुखैरेनी गाउँपालिका –४ मा छ । गाेेेेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here