मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पायाे

186

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा नेपालीले विश्वासको मत लिन गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा भएको मत विभाजनमा उनको पक्षमा ३१ र विपक्षमा २७ मत परेको थियो ।

५९ सदस्यीय प्रदेशसभा (कृष्ण थापालाई कारबाही पछि)मा ३१ मत ल्याउनु बहुमत हो ।

प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले जनाएअनुसार शुक्रबारको प्रदेशसभा बैठकमा ५९ सदस्यमध्ये ५८ सदस्य उपस्थिति थिए ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका पोखरेललाई कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए । प्रदेशसभाकाे ठुलाे दल नेकपा (एमाले) विपक्षमा उभिएकाे थियाे ।

नेपाली गत जेठ २९ मा गठबन्धनको तर्फबाट बहुमत सांसदको समर्थनमा मुख्यमन्त्रीमा चयन भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here