उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने

65

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा सोमबार भोलि राति १२ बजे सकिदैछ । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञालाई फेरि एक सातादेखि १० दिनसम्म लम्ब्याउने तयारी गरिरहेका छन् ।

निषेधाज्ञा थपको निर्णय गर्न आइतबार (आज) साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उपत्यकामा अझै खुकुलो र व्यवस्थित हुने गरी निषेधाज्ञा थप हुने जनाइएको छ । त्यस्तै, जानकारी अनुसार उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । निजी सवारी साधनलाई जोर–विजोर प्रणालीमा चल्न दिने वा अन्य कुनै नियम लगाउने भन्ने बारे निर्णय भने भइनसकेको जनाइएको छ ।

हुन्त काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका डीसीसीएमसीले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका बताइएको छ । त्यस्तै, डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न दिनुपर्ने र अन्य व्यवसायलाई पनि बार अनुसार सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here