फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोकाे निधन

100

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनो तृतीयको लामो बिरामीपछि  निधन भएको छ।

पूर्व राष्ट्रपति अक्विनले कम्तिमा मिर्गौलामा समस्या भएको कारण गत ५ महिनादेखि डायलिसिस गराईरहेका थिए। उनको हालै मुटुको शल्यक्रिया गरिएको थियो।   ६१ वर्षिय अक्विनो फिलिपिन्सका १५ औं राष्ट्रपति बनेका थिए।  उनको निधन बारे अक्विनको परिवारले अझै आधिकारिक रुपमा जानकारी दिएको छैन।

२०१२ मा अक्विनोले नियुक्त गरेका फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीस मार्भिक लिओनेनले विज्ञप्तिमा जारी गरी  पूर्व राष्ट्रपति अक्विनो तृतीयको निधनप्रति गहिरो दुख अनुभव गरेको जनाएका छन।

लिओनेनले इस्लामिक लिबरेशन मोर्चासँग अक्वीनोको शान्ति वार्ताकर्ताको रूपमा काम गरेका थिए। मनिलामा युरोपियन युनियन कार्यालयले एक विज्ञप्तिमा हाम्रो सम्बन्ध गाढा बनाउन कार्य गरेका पूर्व राष्ट्रपतिप्रति शोक व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here