एकै दिन दुई हजार भन्दा बढि काेराेना सङ्क्रमण पुष्टि

223

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ८४३ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७७८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार ७५८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here