काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
मंगलबार विहान कोटेश्वरस्थित नेकपा एमाले निकटका व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो।
नेकपा एमालेका दुबै पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको प्रयास गरिरहँदा प्रचण्ड र नेपालबीच छलफल भएको हो।
प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपालपक्षलाई सहभागी गराउन प्रयास गरिरहेका भएपनि नेपाल त्यसमा सहमत देखिएका छैनन्। पछिल्लो समय ओली र नेपाल पार्टी एकताका लागि भन्दै आफूहरुबीच निकै बढिसकेको दूरी घटाउने प्रयासमा देखिएका छन्।


















