एनआईटीए फउत्कृष्ट वर्ष खेलाडीको अवार्ड भीम र वसन्तीलाई

47

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा वसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ ।

नेपाल आर्मीका भीम र बागलुङकी वसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए ।

काठमाडौंका मनोज खड्गी आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए । उनीहरूलाई प्रशंसा पत्र प्रदान गरियो ।  विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वान्दोमा सक्रिय नेपालगन्जकी ५४ वर्षीया फातिमा बानुलाई पनि विशेष अवार्डबाट सम्मान गरिएको थियो ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र एनआईटीएफ अध्यक्ष अन्जन धमलाले पुरस्कृत गरे ।

एनआईटीएफले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो ।  त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट पाँच जना छैटौं डानमा पदोन्नति भएको जानकारी दिइएको थियो । तेस्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here