Home विश्व तालिवानले सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र

तालिवानले सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र

47

काबुल– केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् ।

तालिवान लडाकुहरु लक्षित समूहको खोजी गर्दै घर घरमा तलासी गर्ने गरेको र उनीहरुका परिवारलाई धम्की दिने जस्ता कार्य गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले सचेत गराएको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनमा सो पछिल्लो घटना क्रमको अध्ययनपछि सो कुरा उल्लेख गरिएको हो । कट्टरपन्धी इस्लामिक समूह तालिवानले यस पटक आफूहरु पहिलेभन्दा परिवर्तन भएको आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।

उनीहरुले कसैलाई पनि बदला नलिने भनेर यस अघि नै घोषणा गरिसकेका छन् । तर सन् १९९० मा तालिवानको बर्बरता सहेका अफगानीहरुलाई उनीहरु सुध्रिएकोमा अझै पनि आशंका छ । तालिवानहरुको कालोसूचीमा परेकाहरु गभ्भीर खतरामा रहेको र उनीहरु गिरफ्तारीमा पर्ने, मुद्दा चलाउने मात्र नभई सामूहिक हत्या हुनसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here