पाँच बर्षिय गायिका मेरिना जिम्बाकाे ‘स्याटरडे’ बोलको गीत सार्वजनिक

62

काठमाडौं । ५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको  हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द  र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन । मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन
दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले जनाए ।

उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन ।

आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here