महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै, ‘नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य तथा क्रान्तिकारी आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, सामाजिक अभियन्ता ललितपुर महानगरपालिका २८ हरिसिद्धि निवासी रामशरण महर्जनको आज २०७८ साल भदौ १० गते बिहान ४ः०० बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा भएको निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । मृतक रामशरण महर्जनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’
शोक वक्तव्यको पूर्णपाठ….