काठमाडौं । मजदुर दिवसको अवसरमा काठमाडौंमा नयाँ राइड सेरिङ्ग एप “Sayatri ” आधिकारिक रुपमा लन्च भएको छ।
यस एप नेपाली सफ्टवेर डेभलपर र उधमीहरुको टिमले यस राइड-सेरिङ्ग एप निर्माण गरिएको थियो । Sayatri एप राइट स्टेसन प्रा लि र सयात्री टेकनोलोजी, नेपाली सफ्टवेर कम्पनीको साझेदारीमा हाल नेपालका प्रमुख २० सहर मा लन्च गरिएको छ। Sayatri एप प्रयोग गर्न को लागी गूगल प्ले स्टोरमा गएर sayatri एप नाम खोजी आफ्नो एन्ड्रोइड डिभाइसमा सुचारु गर्न सकिन्छ र iOS डिभाइसका लागि डाउनलोड पनि उपलभ गराइएको छ ।
आफू सँग साधन भएका र रोजगार न पाईं खाली बसेका सबै नेपाली हरूले घरमै बसी अनलाइन बाट एप रजिस्ट्रेसन गरी दैनिक ५ हजार देखि ५० हजार सम्म को आम्दानी गर्न सक्नुहुनेछ। कम्पनिका प्रबन्ध निर्देशक श्री भरत कुमार सुनार का अनुसार छिट्टै नै कम्पनि ले फुड डेलिभरी र होटल बुकिङ्ग सेवा यहि एप मा थप गर्ने जानकारी दिएका छन् । कम्पनि को मुख्य कार्यालय ललितपुर बालकुमारी मा रहेको छ र साखा कार्यालय नेपाल भरि विस्तार हुँदैछ।


















